दुर्गा प्रसाइका रिहाइको माग गर्दै कावासोतीमा र्याली



नवलपुर । प्रधानमन्त्री केपी शर्माले कम्बोडियाको टेलिकममा लगानी गरेको अभिव्यक्ति दिएपछि पक्राउ रेको दुर्गा प्रसाइको रिहाइको माग गर्दै उनका समर्थकहरुले आज नवलपुरको कावासोतीमा प्रदर्शन गरेका छन् ।

कावासोतीमा र्याली सहित प्लेकार्ड बोकेर उनीहरुले कावासोतीमा प्रदर्शन गरेका हुन् ।



प्रदर्शन पछि कावासोतीमा उनीहरुले कोण सभा गरेका थिए । नागरिक बचाउ महाअभियानको नाममा उनीहरुले प्रदर्शन गरेका थिए ।

दुर्गा प्रसाइलाई रिहा गर, वित्तीय शोषण बन्द गर, भ्रष्टचारी सरकार राजिनामा दे जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

र्याली पछि कावासोतीको फलफूल चोकमा भएको कोण सभामा बोल्दै नागरिक बचाउ महाअभियानका केन्द्रिय सचिवालय सदस्य यदुनाथ सिग्देलले दुर्गा प्रसाईको तत्काल रिहाइ नभए राष्ट्रवादीहरु एक ठाउँमा उभिएर आन्दोलनमा जानु पर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा गरेको लगानीको बारेमा अनुसन्धान गर्नु पर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रम नागरिक बचाउ महाअभियान नवलपुरका अध्यक्ष सूर्य बस्नेतको अध्यक्षतामा भएको थियो ।

 

 


सम्बन्धित
Loading...