जेसिज सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण



नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ ।



जेसिज सप्ताह अन्तरगत आज कावासोती १२ मा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले बताए ।

साताव्यापी रुपमा विविध कार्यक्रम गरेर गरिने कार्यक्रम अन्तरगत कावासोती ३ मा रहेको जनविकाश विद्याश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, कावासोती ६ को जनता माविमा वित्तीय साक्षरता कार्यत्रम गरिएको थियो ।




जेसिज सप्ताहा अन्तरगत विहीबार जेसिज सप्ताह समापनको अवसर पारेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिने नवलपुर जेसिज बर्ष २०२४ का अध्यक्ष अनु सिग्देलले बताए ।

त्यसैगरी जेसिज सप्ताहा अन्तरगत आँखादान कार्यक्रम पनि राखिएको उनले जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...