मोटरसाईकल दुर्घटनामा मृत्यु

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको गैंडाकोट नगरपालिका ४ ईट्टा भट्टी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
ढोडेनिबाट गैडाकोटतर्फ आउदै गरेको बा.प्र.०६–००१प ६२७३ नं.को बुलेट मो.सा. चालकले नियन्त्रण गुमाइ दुर्घट्ना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका –७ बस्ने बर्ष ३५ को पंकज ज्ञवालीको भरतपुर अस्पताल चितवनमा मृत्यू भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक लम्जुङ जिल्लाको सुन्दरबजार बस्ने बर्ष ३९ को सुक बहादुर गुरुङ गम्भीर घाइते भएको र उनको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।