लैंगिक हिंसा विरुद्ध जीवन ज्योतिका विद्यार्थीले निकाले सचेतना र्याली
नवलपुर । नवलपुरको कावासोती ३ जीवन ज्योति माविका विद्यार्थीहरुले आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना र्याली निकालेका छन् ।
जीवन ज्योति माविका शिक्षक दीपक सुवेदीका अनुसार विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले प्ले कार्ड, ब्यानर नारा सहित सचेतना र्याली निकालेको हो ।
र्याली विद्यालयबाट रामनगर चोक, सिर्जनशील टोल, प्रगति टोल, बजार टोल, सरकारी वकिलको कार्यालय हुँदै पुन विद्यालयमा पुगेर सकिएको थियो ।
कावासोती ३ का वडा सदस्य बसन्ती कुँवर केसी, सामुदायिक प्रहरी सेवा केन्द्र कावासोतीका लोकनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर थापा, विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्साल लगायतका र्यालीमा सहभागिता रहेको थियो ।