आदिवासी जनजातिको अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिका विषयक गोष्ठी
कावासोती । अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रियात्मक गोष्ठी आज कावासोतीमा भएको छ ।
आदिवासी जनजाति आयोज पुल्चोक, ललितपुरको आयोजना र जिल्ला समन्वय समिति नवलपुरको सहकार्यमा गोष्ठी भएको हो ।
गोष्ठीको उद्घाटन गर्दै प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशनबहादुर गाहाले आदिवासी जनजाति, दलित, अल्पसंख्यक लगायत सबैको लागि नयाँ संविधान ल्याएको बताउनुभयो ।
उहाँले यो संविधानमा अझै सबै जातजातिको अधिकार पूर्ण रुपमा सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले संविधानमा रहेका सबै कुरा कार्यान्वयन हुन नसकेको बताउनुुभयो ।
उहाँले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिका भाषा, कला संस्कृतिक, भेष भुसा लगायतको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नवलपुरका आदिवासी जनजातिका अगुवाहरु, जिल्लाका जनप्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले एकात्मक शासन बेवस्थाले गर्दा अन्य समुदाय पछाडि परेको बताउनुभयो ।
समन्वय प्रमुख बाबुराम विकले आदिवासी जनजाति लगायत पछाडि पारिएको समाजलाई राज्यको मुलधारमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीसले अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा स्थानीय तहको भूमिकाका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
यहाँले आदिवासी जनजाति तथा अन्य समूदायको अमूर्त सास्कृतिक सम्पदा संरक्षणमा सरकार चुकेकोले अब स्थानीय तहबाट यसलाई संरक्षण दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख सकुन्तला शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राम तामाङ, पूर्व केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर बोटे, बोटे समाज नवलपुरका अध्यक्ष राजेन्द्र बोटे लगायतले सुझाव राखेका थिए ।