लैंगिक हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्छः मन्त्री जिसी
नवलपुर ।
गण्डकी प्रदेश मन्त्री पदमा जिसी श्रेष्ठले लैंगिक हिंसा अन्त्यका लागि घरबाटै अभियान शुरु गर्नु पर्नेमा जोड दिएका छन् ।
आज नवलपुरको कावासोती नगरपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित महिलाहरुबीच ५ किलो मिटर दौड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताए ।
उनले महिलाहरु पनि पुरुष सरह कुनै पनि कार्यक्रममा सहभागी हुन सक्छन भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्नु स्राहनीय भएको बताए ।
कार्यक्रम यहाँका राजनीतिक दलका प्रतिनिधि, खेलकुद क्षेत्रका प्रतिनिधिहरु, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु लगायतका सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद विनदु पहाडी, गण्डकी प्रदेशका खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्मा लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।
नगर प्रमुख विष्णु भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।