नवलपुरका सामुदायिक वनबाट उत्पादित सामग्री प्रदर्शन




नवलपुर ।
बागमती प्रदेश सभा सदस्य एवम सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष भारतीय पाठकले सामुदायिक वनहरुले उद्यम शिलता कार्यक्रम सञ्चालन गर्न कानुनी अड्चन रहेको बताएका छन् ।

आज कावासोतीमा कृषि वन उद्यम प्रवद्र्धन र सामुदायिक वनका सरोकार वालाहरुसँग अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताए ।




सामुदायिक वनबाट महिलाहरुलाई ससाना उद्यममा जोडेर कमाउन सकिने प्रसस्त सम्भावना भएपनि उद्योग दर्तामा समस्या भएको बताइन् ।

त्यसैगरी कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले वनबाट आयआर्जन जोड्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

कार्यक्रममा कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेत, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य धना पाण्डे लगायतले आआफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अधयक्ष मना भण्डारीको अध्यक्षतामा भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेशन नवलपुरका आयोजनामा भएको कार्यक्रममा नवलपुर भित्र रहेका सामुदायिक वनहरुले उत्पादन गरेका हस्तकलाका सामग्री तथा जडबुटी, जैविक मल प्रदर्शनमा राखिएको थियो ।

 



सम्बन्धित
Loading...