कावासोतीमा दुर्घटना २ जना घाइते
नवलपुर । नवलपुरको कावासोती २ सभापति चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
लु ४५ प ८००१ नम्बरको मोटरसाइकल र ना २७ प ६१८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ३ निवासी ४१ बर्षीय फत्तेमान रुचाल र निजको भतिज ९ बर्षीय सपनिल रुचाल घाइते भएका हुन् ।
घाइतेहरुको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको छ । ठक्कर दिने माटेरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।