नवलपुरमा गैडाको आक्रमणबाट महिला घाइते
नवलपुर । नवलपुरमा आज गैडाको आक्रमणबाट देवचुली नगरपालिका १ मिलन चोक निवासी ३३ बर्षीया महिला कुमारी आले गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसारप साथीहरुसँग घरनजिकै रहेको मध्यवर्ती सामुदायिक वनमा छिमेकी सहित घाँस काटन गएको बेला गैडाले आक्रमण गरेको हो ।
गैडाको आक्रमणबाट उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । घाइतेको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारका लागि पठाइएको छ । उनीसँग घाँस काट्न गएका अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।