लुम्बिनी आदर्श डिग्री कलेजमा ५१ युनिट रगत संकलन



नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत महोत्सव तथा अभिभावक दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रम ल्ुाम्बिनी आदर्श डिग्री कलेजको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा भएको हो ।



कलेजले आज मंगलबार क्याम्पस परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

लुम्बिनी आदर्श डिग्री कलेजमा भएको बृहत रक्तदानबाट ५१ युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले जनाएको छ ।

क्याम्पसका प्राध्यापक र विद्यार्थीहरू सहित ५१ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रम क्याम्पस प्रमुख बाबुराम रानाको अध्यक्षतामा र क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष एवम् गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद महेन्द्र ध्वज जिसी प्रमुख अतिथ्यतामा भएको थियो ।

 


सम्बन्धित
Loading...