कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन



रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ ।

बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल रेडक्रस कावासोती उप शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन् ।



कावासोती नगरपालिका वडा नंं १६, रोटरी क्लब अफ कावासोती, डण्डा बजार विकास समिति, त्रिभुवनटार बहुउद्देश्य सहकारी, सनलाइन सामुदायिक विकास केन्द्र, सयपत्री युवा क्लब, अग्यौली सामुदायिक पुस्तकालय, साना किसान कृषि सहकारी लगायतको सहयोगमा रक्तदान गरिएको हो ।

त्यसैगरी मंगलबार कावासोतीको लुम्बिनी कलेजको बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जना प्रध्यापक तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

यसैबीच रगत अभाव भएपछि रेडक्रस कावासोतीले रक्तदान गर्न रक्तदान र सामाजिक संघसंस्थालाई आग्रह गरेको छ ।


सम्बन्धित
Loading...