पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ




तनहुँ, माघ ३० गते । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।



कक्षा ४ मा अध्यनरत १० वर्षीय प्रमिस परियारसहित चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डामेका थिए। तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ ।

कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेकाले नियन्त्रण लिइएको प्रनाउ थापाले बताए । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ। ।

यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन् ।


सम्बन्धित
Loading...