खरकट्टा जंगलमा ट्रिपरसँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु



नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । गएराती दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वषीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९ः१५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.३८.प १२७५ नम्बरको मोटरसाइकल सडकमा बिग्रेर रोकि राखेको लु २ ख ४१६६ नं. को ट्रिपरमा ठोक्किएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा चालक महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पु¥याएको थियो । अस्पताल पुग्ना साथ उनलई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...