गैडाकोटमा नेवाः समुदायका बालिकाहरुको सामुहिक बेल विवाह
नवलपुर ।
नेवा समुदायको बालिकाहरूको सामुहिक वेलविवाह (ईही) आजदेखि नवलपुरको गैडाकोटमा शुरु भएको छ ।
मिसा देबू गैडाकोटको आयोजनामा आज गैडाकोटमा नेवाः समुदायका बालबालिकाको सामुहिक बेलविवाह गरिएको हो । वेलविवाहमा गैडाकोटदेखि त्रिवेणीसम्मका १९ जना नेवार बालिकाहरुको सहभागिता रहेको छ ।
नेवा समुदायमा बालिका रजश्वला हुनु अघि बेलविवाह गर्ने प्रचलन छ । वेलविहाह पछि १२ दिन गुफा राख्ने प्रचलन छ ।
बेलविवाह कार्यक्रमको गैडाकोट नव दुर्गा मन्दिरमा औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको थियो ।
बेल विवाह कार्यक्रममा बोल्दै नेवारी पुरेत अर्थात नेवाः समुदायका राजगुरु हरिशरण राजोपाध्यायले बेलविवाह गरेपछि ति महिलाको श्रीमान विते पनि उसले रातो कपडा, चुरा पोते र सिन्दुर छोड्न नपर्ने बताए । हरिशरण राजोपाध्यायले अहिले एकल महिलाहरुलाई अहिलेका राजनीतिक दल तथा सामाजिक अभियान्ताहरुले रातो कपडा दिने प्रचलन शुरु भए पनि नेवाः समुदायमा यो पररम्परा पहिले देखिनै रहेकोले नेवाः समुदाय संस्कार सस्कृतिमा धनि रहेको पुष्टि हुने बताए ।
वाइट
कार्यक्रममा नेवाः देय दबु नवलपुरका जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु लगायतले बेलविवाहको बारेमा चर्चा गरेका थिए ।
मिसा देबू गैडाकोटका अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । भोलि बेलविवाहमा सहभागी बालिकाहरुलाई कन्यादान दिएपछि बेल विवाह सकिने आयोजकले जनाएको छ ।