दुम्किबास पुल भाँचिन गरी सामग्री ल्याउने शिवम सिमेन्टलाई ८६ लाख जरिवाना



 


नवलपुर ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपुरको बुटवल–नारायणगढ सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामग्री ल्याउन शिवम सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ ।

एन एल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा क्षमता भन्दा बढी भार बोकाएर सामग्री ल्याएको कारण पुल भाँचिएको भन्दै शिवम सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको हो ।



शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन ईन्जिनियर नारायण प्रसाद लामिछानेले जानकारी दिए ।

 

शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि. मार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उनले जानकारी दिए । गत पुस २६ गते गह्रौं भारसहितको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।

 

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरका ईन्जिनियर आषिश नेपालले जानकारी दिए ।

क्षतिपूर्ति तिरेसँगै अबदेखि पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिए । ८६ लाखले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उनको भनाइ छ ।


सम्बन्धित
Loading...