पौडेलको अध्यक्षतामा प्रेस चौतारी गण्डकीको नयाँ कार्यसमिति चयन



नवलपुर । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन भएका छन् । नवलपुरको कावासोती १५ अमलटारीमा मंगलबार सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

चौतारीको प्रदेश उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा मदन तिमिल्सिना, सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जिटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र डिल बहादुर बिक चयन भएको प्रेस चोतारी नवलपुरका अध्यक्ष तिर्थराज डुम्रेले जानकारी दिए ।



सदस्यहरुमा राजन पौडेल, रोशन लामिछाने, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहोरा र निरज थकाली चयन भएका छन् । अधिवेशनको सोमबार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महत, जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 


सम्बन्धित
Loading...