वडासचिव कुटपिटको हुप्सेकोटमा विरोध
नवलपुर ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाका कर्मचारीहरुले तनहूको वन्दीपुरमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।
हुप्सेकोट गाउँपालिकाका कर्मचारीहरुले आज विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुका साथ दोषीलाई कारवाहीको माग गरेका छन् ।
आज उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरी घटनाको विरोध समेत गरेका थिए ।
तनहुको बन्दीपुर गाउँपालिका ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए । वडा सचिवको अहिले अस्पतालमा उपचार भईरहेको छ भने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।