जनजाति महासंघको आयोजनामा रामग्राममा २ दिने खाना महोत्सव



परासी। पश्चिम नवलपरासीमा दुई दिने रामग्राम खाना महोत्सव ( फुट फेष्टिबल ) हुने भएको छ ।

नेपाल आदिवासी जानजाति महांसघ नगर समिति रामग्रामको आयोजना तथा रामग्राम नगरपालिको सहयोगमा दुई दिने रामग्राम खाना महोत्सव (फुट फेटिबल) संचालन हुने भएको हो ।



रामग्रामको वडान ५ स्थित रहेको घण्टा घरमा यहि फागुन १२ देखि १३ गते सम्म रामग्राम खाना महोत्सव (फुट फेष्टिबल) संचालन गर्न लागिएको आदिवासी जानजाति महांसघ नगर समिति रामग्रामका अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिए ।

परासीको घण्टाघर चोकदेखि पाईपास रोडसम्म करिव १ सय खाना सम्वन्धी स्टल रहने गरी दुई दिवसीय खाना महोत्सव हुने भएको हो । आज परासीमा आयोजीत पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको छ ।

बिशेष गरी उक्त खाना महोत्सवमा आधुनियक भन्दा पनि मौलीकता झल्कने गरी खानाको परिकार साथै विभिन्न भेषभुषा प्रर्दशनी गर्ने गरी स्टलहरुको ब्यवस्थापन गर्ने योजना रहेको कार्यक्रम मुल समारोह ब्यवस्थापन समितीका संयोजक अवीनाश रेश्मीले जानकारी दिए । महोत्सवको मुख्य लक्ष्य नाफा मैत्री नभई खानाका परिकारमार्फत मौलिकता यसैगरी बिबिध समुदायको परिचान झल्काउने मख्य उदेश्य रहेको महोत्सव मुल आयोजक समितीका संयोजक अशोक श्रेष्ठले बताए ।

सवै खाना सम्बन्धी स्टलहरुलाई निशुल्क उपलब्ध गराईने महोत्सवमा मुख्य आर्थिक सहयोगीको रुपमा रामग्राम नगरपालिका रहेको छ । उक्त महोत्सवमा ईन्दीरा जोशी, प्रमोद अग्रहरी लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनका अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिए ।

दुई दिवसीय प्रथम रामग्राम खाना महोत्सवमा करिव १० हजार जनाले खाना महोत्सवमा अबलोकन गर्ने लक्ष्य रहेको छ । महोत्सवमा १० लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ ।

 

 


सम्बन्धित
Loading...