‘लाज शरणम्’लाई प्रदर्शन अनुमति
केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ ।
बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।
बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।
फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए ।