दाउन्नेको दुर्घटनामा एक जना गम्भीर घाइते




दाउन्ने । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो नेपालगञ्जबाट राजविराजतर्फ जाँदै गरेको प्र. २–०३–००१ ख ४१२७ नम्बरको ट्रकले लु ४२ प ३०४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।



दुर्घटनामा परी मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका २ निवासी ६७ बर्षीय पूर्णबहादुर काउचा घाइते भएका हुन् ।

घाइतेलाई उपचारको लागि सेन्ट्रल हस्पिटल चितवन पठाइएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।


सम्बन्धित
Loading...