कावासोतीको शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानमा नयाँ कार्यसमिति
कावासोती । नवलपुरको कावासोती–१५, गोडारस्थित शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५ औं साधारण सभा तथा पाँचौंं अधिवेशन भएको छ ।
प्रतिष्ठानका अध्यक्ष भुपति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानले समाजको नैतिक तथा सांस्कृतिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै प्रतिष्ठानले समुदायमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा संस्थाको गतिविधिलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, यस्ता संस्थाहरूले समाजमा एकता, सद्भाव र धार्मिक चेतनाको अभिवृद्धि गर्ने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
सभामा प्रतिष्ठानको वार्षिक प्रगतिबारे समीक्षा गरिएको थियो। धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई प्रवद्र्धन गर्दै आध्यात्मिक चेतनाको विस्तार, धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक गतिविधिहरू सञ्चालन गर्दै आएको यो प्रतिष्ठानले हिन्दू परम्परा अनुरूप विभिन्न पूजा, अनुष्ठान तथा धार्मिक समारोहहरूको आयोजना गर्दै आइरहेको छ। विशेष गरी महाशिवरात्रि, तीज, नवदुर्गा पूजाका अवसरमा यहाँ विशेष पूजा तथा भव्य कार्यक्रमहरू आयोजना गरिन्छ ।
अधिवेशनले बोधराज गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
समितिमा १४ सदस्य निर्विरोध चयन भएका छन्, जसको उपाध्यक्षमा भगवती बास्ताकोटी, कोषाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा बिमल गैरे, सह–सचिवमा लुमा कुमारी पाण्डे चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा हिमलाल गैरे, शोभा गौडेल, बालकुमारी काफ्ले, डिलकुमारी सापकोटा, टप प्रसाद बस्याल, मणि पाण्डे, गोमा खराल, भीम बहादुर महतो र गंगाधर न्यौपाने चयन भएका छन् ।