पश्चिम नवलपरासीमा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते, ५ घर जलेर नष्ट




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ सेखुवानामा विद्युत सर्ट भई आगलागी हुँदा ३ जना घाइते भएका छन् भने ५ घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी नारायण थापाका अनुसार आगलागीमा परी सुस्ता ३ सेखुवाना निवासी ४० बर्षीया महिला सतारुल नेसा, ३५ बर्षीया महिला निजामोदिन मिया र २३ बर्षीया तैमुरदिन मिया घाइते भएका छन् ।




उनीहरुको टाउको हात र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेहरुको सहित स्मृति अस्पताल बर्दघाट चौपत्तामा उपचार भईरहेको छ ।

त्यसैगरी आगलागीबाट एकै परिवारका ५ जना दाजुभाईको घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार इद्रिस अली, कसिम अलि, नुरमहमत अलि, शेख आलम मिला र अफताब अलिको घर जलेर नष्ट भएको हो ।

४० मिटर लम्बाइको एउटै टहरामा बनाइएका ५ वटा घर जलेर नष्ट भएको हो । आगो बर्दघाट र रामम्राम नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब सवा १ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात, घर भित्र रहेका विभिन्न सामग्रीहरु गरी २७ लाख २९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...