कावासोतीमा सवारी दुर्घटनामा एक जना घाईते




कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ मा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।

भित्री खण्डमा कावासोतीबाट शैक्षिक टोलतर्फ जादै गरेको बा १५ च ८५३८ नं. को कारले विपरित दिशाबाट आउदै गरेको ना १४ प ३४०६ नं. को मोटरसाईकललाई ठककर दिदा दुर्घटना भएको हो ।



दुर्घटनामा कावासोती नगरपालिका ३ थकाली चोक निवासी २४ बर्षीय प्रज्जवल पौडेल घाईते भई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्राथमिक उपचार पश्चात थप उपचारको लागी भरतपुर चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाईतेको बायाँ खुट्टा फ्याक्चर भएको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र कार चालक कावासोती ८ निवासी ४४ बर्षीय सुरज चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित
Loading...