एसपिएम कलेज गैडाकोटको स्ववियूमा नेविसंघको प्यानल निर्विरोध




नवलपुर । गैँडाकोटमा रहेको सूर्यभक्त–पतनादेवी मेमोरियल (एसपिएम) कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ नेपाल विद्यार्थी संघका मात्रै उम्मेदवारहरुको मनोनयन परेको दर्ता भएको हो ।



यस अघि क्याम्पसमा तालाबन्दी भएपनि एसपिएम कलेजको स्ववियु निर्वाचन समितिले सूचना जारी गरी तत्कालको लागि निर्वाचन गर्ने वातावरण नभएको भन्दै निर्वाचन स्थगित गरेको थियो ।

विद्यार्थी संगठनहरुबीच हिजो भएको सहमति अनुसार जिल्ला भरिका क्याम्पसमा आन्दोलन फिर्ता लिएर क्याम्पसको ताला खोले लगतै आज विहानै एक्कासी निर्वाचन समितिले सूचना प्रकाशन गरेर आज नै मनोनयनको समयावधिसँगै निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

उक्त समयमा नेपाल विद्यार्थी संघले श्यामबहादुर बाचेको नेतृत्वमा मनोनयन दर्ता गरेको थियो ।

नेविसंघको मात्रै उमेदवारी परेकाले क्याम्पसमा नेविसंघको प्यानलनै सर्वसम्मत भएको नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदीले बताए ।


सम्बन्धित
Loading...