कावासोतीको फोहोर छिटो व्यवस्थापन गर्न नेविसंघ कावासोतीको माग




नवलपुर । लामो समयदेखि नवलपुरको कावासोती नगरपालिकाले फोहोर नउठाउँदा नगरबासीलाई समस्या भएको र कावासोतीमा प्रदुषण बढेको भन्दै नेविसंघ कावासोती नगर कार्यसमितिको नेतृत्वमा आज कावासोती नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ ।

नेविसंघ कावासोतीका सभापति कुमार क्षेत्रीको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसाल र प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।



फोहोर उठाउने नाममा चर्को शुल्क असुल्ने तर नागरिकलाई फोहोरको डंगुरमाथि बस्न बाध्य बनाएर रोगहरुको जोखिममा धकेलेको नेविसंघले आरोप लगाएको छ ।

त्यसैगरी विज्ञप्तिमा छिटो भन्दा छिटो यो समस्या समाधान गरी आम नागरिकलाई स्थानीय सरकार भएको आभास दिलाउन नेविसंघले माग गरेको छ ।


सम्बन्धित
Loading...