नवलपरासीबाट भ्रमण गएकाे बस अर्घाखाँचीमा दुर्घटना, ४ जनाकाे मृत्यु २७ घाईते
लक्ष्मण घिमिरे –
अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तिन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।
उद्दारपछी घाईतेहरुलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।