पत्रकार हत्याको विरोधमा नवलपुरमा विरोध सभा




नवलपुर ।
राजावादीको आन्दोलनको नाममा काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा शनिबार देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको औपचारिक कार्यक्रम स्थगन गरेर नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।




एभि न्यूजका पत्रकार सुरेश रजकलाई शुुक्रबार कोठामा थुनेर जिउंदै आगो लगाएर हत्या गरिएको थियो ।

यसैबीच नवलपुरका पत्रकारहरुले पनि कावासोतीमा शनिबार विरोध सभा गरेका छन् ।

नेपाल पत्रकार महासंघ नवलपुरका अगुवाईमा कावासोतीको थाना चोकदेखि इन्द्रचोकसम्म हुँदै पुन फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । उनीहरुले पत्रकारको सुरक्षा, स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए ।

पत्रकारको हत्या र सञ्चार माध्यममाथिको ज्यादतिका विरुद्ध नवलपुरका पत्रकारहरुले विरोध गरेका हुन् ।

विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले राजवादीको नाममा भएको अराजक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै त्यसको सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाहीको गर्नु पर्ने माग गरे ।

उनले पत्रकारहरुलाई निर्भिक रुपमा लेख्ने पाउने र स्वतन्त्र पूर्वक समाचार संकलन गर्न पाउने गरी सुरक्षाको व्यवस्था गर्न पनि माग गरे ।

 



सम्बन्धित
Loading...