नवलपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाइते




नवलपुर ।
नवलपुरमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
आज नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोती नगरपालिका वडा नं. ३ संगमचोकमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।

अट्ठाईस विगाहाबाट सिद्यार्थ बोर्डिङतर्फ आउँदै गरेको ग.प्र ०४. ००१. प ८०४६ नम्बरको स्कुटर र धुँवाचोकबाट सम्झना चोकतर्फ जादै गरेको ना ५० प ७८४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो ।




दुर्घटनामा मोटरसाईकल चालक नवलपुरको हुप्सेकोट गाउँपालिका ३ गिरुबारी निवासी १८ बर्षीय सन्देश अर्याल र स्कुटरको पछाडि सवार कावासोती नगरपालिका वडा नं. ३ अट्ठाईस विगाहा निवासी अन्दाजी ७÷८ वर्षीय राजु थापा घाइते भएका हुन् । घाइते दुवैको उपचारको लागि अस्पताल पठाइएको छ ।

त्यसैगरी नवलपुरको कावासोती नगरपालिका वडा नं. ३ कालिगण्डकी अस्पताल अगाडि पूर्व पश्चिम राजमार्गमा स्कुटर र टिप्पर ठक्कर खाँदा १ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ क ६७४० नं. को टिप्परमा सोही दिशाबाट आउदै गरेको ग.प ०४.००१ प ४८८४ नं. को स्कुटरले टिप्परको पछखडी भागमा ठक्कर दिदा दुर्घटना भएको हो ।

उक्त सवारी दुर्घटनामा स्कुटर चालक नवलपुरको कावासोती नगरपालिका १७ बभनौली निवासी ३७ बर्षीया सोमकुमारी घाईते भई उपचारका लागी कालिगण्डकी अस्पताल पठाइएको छ ।

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाका थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको देवचुली नगरपालिका वडा नं.१६ टागीकोटमा कारको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गमा रजहरबाट फारमचोकतर्फ जाँदै गरेको बा.प्र.०१०२७ च ३४३० नम्बरको कारले गैडाकोटबाट रजहर तर्फ आउदै गरेको लु ४६ प २६९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका हुन् ।

नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बस्ने बर्ष ३४ को लक्ष्मण चुदाली घाइते भएका हुन् । उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...