नवलपुरको विनयी त्रिवेणी २ तामाङटोलमा आगलागी हुँदा १ घर जलेर नष्ट




नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ तामाङटोल निवासी नबिन पुनको २ तले टिनले छाएको घरमा आज आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार कच्चि धनसारमा अचानक आगलागी लागेको हो । आगलागीको कारण नखुले पनि विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।



आगलागीबाट घरको अधिकांश भाग जलेर नष्ट भएको छ । त्यसैगरी ३ वटा बाख्रा, २ वटा भैसी पनि जलेर मरेको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने नआइपुगेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं ४ शंखदेव बस्ने रन बहादुर राईको घर नजिकै रहेको परालको टौवामा बच्चाले सलाई लिई खेल्ने क्रममा अचानक आगलागी भएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित