कावासोतीका २ ठाउँमा आगलागी, ५१ लाख बढीको क्षति




नवलपुर । गर्मी बढेसँगै नवलपुरमा आगलागीको घटना ह्वात्तै बढेको छ । चैत्र यता १५ भन्दा बढी ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकका उल्लेखक छ ।

दैनिक जसो बन र घरमा आगलागी हुने गरेको छ । आज मात्रै कावासोतीका २ ठाउँमा आगलागी भएका छन् ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज दिउँसो साढे २ बजेतिर कावासोती नगरपालिका वडा नं.११ कुंडौलीमा आगलागी भएको छ ।

कुडौली निवासी थनुराम थनेतको परालको टौवामा अचानक आगलागी भई निजिकै रहेको टिनले छाएको निजको १ तले कच्चि घरमा समेत आगो सल्किन गएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर बनाउन विदेशबाट पठाएको १० लाख नगद सहित ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

प्रहरी र स्थानियवासीको सहयोगमा आगो निभाउने कार्य भएको भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको कावासोती १७ गोछडामा आज आगलागी भएको छ ।

कावासोती १७ निवासी ३० बर्षीया सोहाना चौधरीको एक तले जस्ताले बनेको घरमा आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानविय क्षति नभएको र घरमा रहेको फ्रिज, पंखा, ग्ल्याण्डर मिक्स्चर, झ्याल, काठपात, लत्ता कपडा लगायतका विभिन्न सामग्रीहरु गरी १ लाख ५० हजार बराबरको धनमाल क्षति भएको हो ।

दुवै ठाउँको आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मधु नेपालले दमकल विग्रिएको कारण पनि आगो निभाउन समस्या भएको बताए ।


सम्बन्धित