नयाँ बर्षमा होटल पौवाका सबै शाखामा ५ दिने निःशुल्क स्वाद उत्सव




नवलपुर । होटल पौवाको सबै शाखामा निः शुल्क स्वाद उत्सव कार्यक्रम हुने भएको छ ।

यही चैत २५ गतेदेखी २९ गतेसम्म पौवाका सबै शाखाहरुमा स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने भएको हो ।



‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल मन्त्रका साथ नेपादका लागी नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरि स्थापना भएको होटल पौवाको स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पभारेर स्वादउत्सव कार्यक्रम आयोजना गरिएको शनिवार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।

उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरुसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी पौवाका सेफहरुबिच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु साथै स्थानीय किसानको खाद्य एवम तरकारीजन्य उत्पादनलाई प्रोत्साहन गर्नु कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

होटल पौवाले यस कार्यक्रममार्फत स्वाद उत्सवमा पाहुनाहरुले दिनुहुने प्रतिक्रियाले सेफहरुको अनुभवमा निख्खरता आई क्षमता अभिविृद्धि गर्न मदत पुग्ने विश्वास राखेको छ ।

पाहुनाहरुले दिएको विश्वास र सर्मथनका कारण पौवा मिसन १०० को लक्ष्य पच्छ्याउदै देशभर विस्तारित भैरहेको छ ।

स्थापनाकालदेखि नेपाली हस्पिटालिटि दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखि सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पौवाले आफ्नो अभियान अघि बढाएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरुमा एकैसाथ सञ्चालन हुने साथै यसमा सहभागी हुन सबै शाखाबाट २ लाख स्थानिय तथा बाह्य पाहुनाहरुलाई प्रत्यक्ष भेट गरि निमन्त्रणा दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नेपाली नयाँ वर्षलाई विशेष बनाउन पौवाले गैडाकोट १२ नवलपुरमा नयाँ वर्षको पूवै संध्यामा विविध सांगितिक कार्यक्रम गर्ने तयारी गरेको छ ।

चैत ३१ ग्ते साझ थारु संस्कृतिमा आधारित सांगितिक कार्यक्रमको सुरु गरिने छ । कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज, चर्चित गायिका दिपिका ब्याम्बु, श्रीधर अधिकारी, र उद्घोषक सन्जय देवकोटाले मनोरञ्जन प्रदान गर्नु हुने छ ।

कार्यक्रम स्थलमा प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रम स्थलमा ५० रुपैया देखि पभौवाका परिकारहरुको स्वाद लिन सकिने पौवाका नवलपुर महाप्रबन्धक निशान खरेलले जानकारी दिए ।

पौवाका १८ वटा शाखाहरु छन भने ७०० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन । पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । जस अन्र्तगत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानिय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्म लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


सम्बन्धित
Loading...