कावासोतीको हाट बजारमा रायोको सागमा ९९ प्रतिशत विषादी
कावासोतीको हाट बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्याधिक विषादी भेटिएको छ ।
पालुङ र चितवनबाट ल्याइएको सागमा अत्याधिक विषादी भेटिएको विषादी परीक्षण प्रयोगशाला कावासोतीका नायव प्राविधिक सहायक विरेन्द्र भण्डारीले बताए ।
शनिबार बिहान परिक्षणका क्रममा ९९ प्रतिशत सम्म विषादी भेटिएको र उक्त साग जफत गरि नष्ट गरिएको उनले बताए ।
कार्वमेट र अर्गानोफस्फेट ३५ प्रतिशत भन्दा कम हुँदा खान योग्य हुनेमा धेरै विषादी भेटिएको कावासोती नगरपालिका पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।
विषादी धेरै प्रयोग गर्ने र विषादी तरकारीमा हाले लगतै टिपेर बजारमा विक्रीका लागि लैजादा समेत विषादीको अवशेष धेरै हुने उनको भनाइ छ ।