नारायणी नदीमा डुबेर दिदीभाई वेपत्ता


file photo


रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश पेन्सन क्याम्प नजिकै नारायणी नदीमा दुई जना दिदीभाई वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज साँझ ६ बजेतिर बाग्लुङ जिल्ला घर भई हाल गैडाकोट १ ब्रिटिस क्याम्प निवासी १३ बर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ बर्षीय भाई स्वपनिल सेर्पुञ्जा नदीमा डुबी वेपत्ता भएका हुन् ।



नारायणी नदी किनारमा ६० बर्षीया हजुरआमा सुनमाया कुमालसँग खेल्न गई फर्कने क्रममा हजुरआमाको चप्पल नारायणी किनारमा छुटेकोले उक्त चप्पल लिन जाँदा पहिला भार्य र पछि दिदी नदीमा डुबी वेपत्ता भएको प्रहरीले जनाएको छ ।

वेपत्ता दिदी भाई दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...