नारायणीमा वेपत्ता दिदीभाई मृत अवस्थामा फेला




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुई दिदीभाईको शव फेला परेको छ ।

मंगलबार साँझा चप्पल झिक्ने क्रममा नदीमा वेपत्ता भएका दुई दिदीभाई आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।



बाग्लुङ जिल्ला घर भई हाल गैडाकोट १ ब्रिटिस क्याम्प निवासी १३ बर्षीया दिदी दीक्षा सेर्पुञ्जा र ९ बर्षीय भाई स्वपनिल सेर्पुञ्जा नदीमा डुबी वेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले भाईको खब बुधबार विहान साढे ११ बजेतिर ३५ फिट गहिराईबाट र दिदीको शव दिउँसो साढे १२ बजेतिर ५० फिट गहिराईबाट निकालेका थिए ।

नारायणी नदी किनारमा ६० बर्षीया हजुरआमा सुनमाया कुमालसँग खेल्न गई फर्कने क्रममा हजुरआमाको चप्पल नारायणी किनारमा छुटेकोले उक्त चप्पल लिन जाँदा पहिला भार्य र पछि दिदी नदीमा डुबी वेपत्ता भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...