हल्का पानाी पर्दा पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध



नवलपुर । आज विहान परेको हल्का पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेको सडक अवरुद्ध भएको छ ।



वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।



दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो ।

त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
हिजोदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गरिएको भए पनि आज भने बाटो चिप्लो भएपछि विहान ९ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...