दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो




काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ ।

काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।



काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।


सम्बन्धित
Loading...