दलदलेमा दुर्घटना, ३ जना गम्भीर घाइते




नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ दलदले चोक नजिकै सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

आज विहान पूर्व–पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नं. को बसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र. ०४–००१ प २२८२ नं.को मो.सा. उक्त बसमा ठोक्किन गई दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका हुन् ।



दुर्घटनामा परी मोटरसाइकल चालक नवलपुर जिल्लाको देवचुली १ केउरानी निवासी २९ बर्षीया विसाल अर्जेल, मोटर साइकल पछाडि सवारी ३२ बर्षीया करिश्मा तिवारी र बसका सहचालक पाल्पा निवासी ३२ बर्षीय रमेश रानाभाट गम्भीर घाइते भएका छन् ।

घाइते मध्ये बस चालकको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 


सम्बन्धित
Loading...