दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय सुरक्षाकर्मी परिचालन




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा सडक सुचारु गर्न र ट्राफिक व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाटो चिल्यो भएर सवारी साधन चल्न नसकेपछि सडक मर्मत, ट्राफिक व्यवस्थापन, खाल्डाखुल्डी पुर्ने, हिलो हटाउनेदेखि साना गाडी धकेल्न र ठूला गाडीलाई जेसिबी लगाएर घकेल्ने प्रहरी खटाउनु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।



सवारी साधन राम्ररी पास हुन नसक्दा यात्रुहरुको विचल्ली भएको छ । अहिले दाउन्ने क्षेत्रमा नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख सबै खटेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेको पूर्व खण्डमा मात्रै ७/८ ठाउँमा बाटो एकतर्फी रहेको बताए ।

ठेकेदार कम्पनीले आधा मात्रै कल्भर्ड सकेर आधा कल्भर्ड निर्माण गर्न बाँकी रहेका ७/८ ठाउँमा एकतर्फी सवारी सञ्चालन रहेको बताए । उनले एकतर्फी सवारी सञ्चालन भएको ठाउँमा कुनै गाडी विग्रदा वा फस्ना साथ सवारी साधन पुरै ठप्प हुने गरेको बताए ।

प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पूर्वी खण्डमा मात्रै ३ हजार बढी सवारी साधनहरु जाममा फसेका छन् । आज विहानै देखि घाम लागेको कारण हिलो सुकेपछि विस्तारै सवारी साधन पास हुने सम्भावना भने बढेर गएको पनि सडकमा हिलो धेरै भएका कारण माटो नसुकेको उनले बताए ।

गएराति १२ बजेदेखि आज दिउँसोसम्म एउटा गाडी पनि पास हुन नसकेको ढकालले जानकारी दिए । अहिले साँझ पख भने केही सवारी साधन विस्तारै पास हुन थालेको ढकालले बताए ।
दिउँसोसम्म डोजरले धकेलेर पास गराए मात्र सवारी साधन पास भएकोमा अहिले त्यो समस्या केही कम भएको छ ।

दुई फिटसम्म जमेको धुलोमा हक्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर २७ गते रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।

बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्याधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए । उनले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले २४ सैं घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए । सडकको ठाउँठाउँमा हेवि लोडवाला गाडी फसेका कारण साना सवारी साधन पनि पास गराउन समस्या भएको बन्जाराले बताए ।

उता दाउन्नेको पश्चिम खण्डमा भने पूर्वी खण्डमा जस्तो समस्या नरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक विरदत्त पन्तले जानकारी दिए ।

 


सम्बन्धित
Loading...