देवचुलीमा आगलागी, १ घरमा क्षति
नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा आज विहान आगलागी भएको छ ।
विहान साढे ३ बजेतिर रजहर स्थित मङगली बस्यालको ब्लक र टिनको छानो भएको एक तले घरमा अगोलागि भएको हो ।
घरको दुई वटा कोठा मध्ये सुत्ने कोठामा अगोलागी भएको र आगलागीबाट कोठा भित्र रहेको लत्ताकपडा, भाडाकुडा, १ वटा पंखा, १ वटा स्टिलको दराज, १ वटा पलाङ बेड, महत्वपुर्ण कागजपत्र (लालपुर्जा) समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।