जनतालाई झुक्काएर आयातित गणतन्त्रमा नेता रमाएको आरोप




रामकुमार श्रेष्ठ –
नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान नवलपुर आइपुगेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको टोलीले नवलपुरको दुम्किबास, अरुणखोला, चोरमारा, हुप्सेकोट, डण्डा र कावासोतीमा कोण सभा गरेको छ ।



कोण सभामा बोल्दै हेमन्त प्रकाश ओली सुदर्शनले जनगणतन्त्र स्थापनाका लागि आफ्नो पार्टीले देशव्यापी जनसम्बन्ध विस्तार अभियान चलाएको बताए ।

त्यसैगरी कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य अशोक लम्साल अनुकुलले आयातित गणतन्त्रमा क्रान्तिकारी भन्ने पार्टीका नेताहरु रमाएर जनतालाई भ्रम छर्ने काम गरेको बताए ।
उनले जनताको पक्षमा जनगणतन्त्र स्थापनाका लागि अझै एक पटक जनक्रान्ति गर्नु आवश्यक रहेको बताए ।

टोलीले भोलि नवलपुरको देवचुली, गैडकोट लगायतको क्षेत्रमा कोणसभा गर्दै भोलि चितवन पुग्ने जनाइएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बैशाख १८ गते काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जनाएको छ ।


सम्बन्धित
Loading...