नवलपुरमा १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार




नवलपुर ।
नवलपुरमा एक जना १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।

बालिकाको आफ्नौ दाजु पर्ने ३० बर्षीय पुरुष सहित ३ जनाले सामुहिक बलात्कार गरेका हुन् । बालिकालाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको बुझिएको छ ।



जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बलात्कारको आरोपमा ३ जनलाई पक्राउ गरेको जनाए । पक्राउ परेकाहरुको भने प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

पक्राउ गरेको ३ जनालाई नवलपुर जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...