कावासोतीमा दुर्घटना २ जना घाइते
नवलपुरको कावासोती ८ खरकट्टा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार खरकट्टा जंगलमा दलदलेबाट कावासोती आउँदै गरेको लु ११ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मोटर चालक नवलपुरको बौँदीकाली गाउँपालिका १ बस्ने बर्ष ४६ को यमबहादुर दरै र मोटरसाइकल पछाडि सवारी तनहूँ घिरिङ गाउँपालिका ४ निवासी ३८ बर्षीय भिमलाल परियार घाइते भएका हुन् ।
घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।