नवलपुरमा लागु औषध सहित ३ जना पक्राउ



नवलपुर । नवलपुरमा प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।



इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ को बाह्रघरेबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे १ बजेतिर गोप्य सूचनाको आधारमा बिनयी त्रिवेणी गाउँपालिका १ शिवालय निवासी ३१ बर्षीय बालकृष्ण बस्नेतलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।



प्रहरीले स्कुटीमा झोलामा राखेको अवस्थामा ४ सय २७ क्याप्सुल स्पास्मो नामक लागुऔषध बरामद गरेको हो । प्रहरीले बस्नेतले प्रयोग गरेको लु २८ प ३५२१ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय त्रिवेणीको टोलीले गएराति नेपाल भारत सीमा क्षेत्रको त्रिवेणी ब्यारेज पुलबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

त्रिवेणी ब्यारेज पुलमा चेकजाँचको क्रममा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका —४ बाढी पिडित टोल निवासी २१ बर्षीय डोलराज बस्याल र १९ बर्षीय कृष्ण गुरुडलाई नियन्त्रणमा लिएको हो । प्रहरीले डोलराज बस्यालको साथबाट कालो प्लास्ष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा स्पास्मो नामक लागुऔषध ८० क्याप्सुल बरामद गरेको छ ।


सम्बन्धित
Loading...