सुनवलमा नुहाउने क्रममा पोखरीमा डुबेर दाजुभाईको मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा पोखरीमा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार एकैघरका दुई दाजुभाईको मृत्यु भएको हो । पोखरीमा नुहाउँन गएका दाजुभाई पोखरीमा डुबेर वेपत्ता भएको र पछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।



सुनवल नगरपालिका ६ विसासय निवासी विष्णु कुँवरका कक्षा ११ बर्षीय विप्सन कुँवर र भाई ८ बर्षीय दिप्सन कुँवरको मृत्यु भएको हो । दाजु कक्षा ४ र भाई कक्षा २ मा अध्ययनरत थिए ।

उनीहरु सुनवल ६ सगरमाथा टोलमा रहेको पोखरीमा नुहाउन गएका हुन् । प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।


सम्बन्धित
Loading...