बाटो चिप्लो भई पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा आज विहानदेखि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा विहान ९ः१५ बाट सडक अवरुद्ध हुन पुगेको हो ।



विनयी त्रिवेणी गाउँपलिका २ विश्वकर्मा मन्दिर माथि र पैसठ्ठी मोडमा बाटो चिप्लो र हिलो भएको छ ।

यस अघि आइतबार पनि पानी परेका कारण दिनभर सडक अवरुद्ध भएको थियो । दाउन्नेको १४ किलोमिटर सडकमा अहिले राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक सवारी आवागमन बन्द गरेर बाटो निर्माणको काम भईरहेको छ ।

उक्त स्थानमा डाँडा काट्ने, कल्भर्डहरु निर्माण गर्ने, बाटो ढलान र पिच गर्ने काम भईरहेको सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले जनाएको छ ।


सम्बन्धित
Loading...