गैडाकोटमा मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जना घाईते 




कुसुम परियार  –

नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका सडक खण्डमा मोटरसाईकल एकआपसमा ठोक्किदा भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन ।



चितवनबाट मौलाकालिका मन्दिरतर्फ जाँदै गरेको ना ३८ प ११८२ नं. को मोटरसाईकल र गैडाकोटको मिलनचोकबाट सस्तो बजार तर्फबाट आउँदै गरेको प्र ३–०१–०१३ प ५६९९ नं. को मोटरसाईकल आज विहान साढे ८ बजेतिर एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा ना ३८ प ११८२ नं. को मोटरसाईकलमा सवार चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० निवासी २५ वर्षिय मनिष पाठक,

मोटरसाईकल पछाडी सवार ५० वर्षिय तिर्थ पाठक र प्र. ३–०१–०१३ प ५६९९ नं. को मोटरसाईकलमा सवार जिल्ला नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ निवासी ४८ वर्षीय हरि कुमार श्रेष्ठ घाइते भएका छन् ।

घाईतेको नयाँ मेडिकल कलेज चितवनमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...