पर्सामा भारी मात्रामा लागु औषध बरामद
वीरगन्ज – सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैया स्थित भकुवा नाकाबाट मंगलबार बिहान भारी मात्रामा लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलिले भारी मात्रामा लागुऔषध बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा दुई जना व्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ट्रमाडोल ५० एमजीको ८१ हजार ४ सय ९० ट्याब्लेटस् प्रहरी देख्न साथ छाडेर भागेको हो ।
नाकामा लागुऔषध छाडेर फरार भएपछि उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहले जानकारी दिए ।