लोकाहामा दुई वटा ट्रक ठक्कर खाँदान एक जना गम्भीर घाइते




नवलपुरको कावासोती ११ लोकाहामा दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदान एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लोकाहा स्थित पूर्व पश्चिम राजमार्गमा नारायणघाटबाट बुटवल तर्फ आउदै गरेको प्र.नं.२–००१ ख ५९९८ नम्बरको लहरी ट्रक र बिपरित दिशाबाट तर्फ जादै गरेको ना ८ ख २०६१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।



दुर्घटनामा परी ट्रकमा च्यापिएर रहेका ट्रक चालक जिल्ला मकवानपुर मनोहरी २ बस्ने बर्ष २२ को संगम पिठाकोटी मगरलाई उद्दार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको नवलपुर प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...