कावासोती परमेश्वर मण्डलीद्वारा कावासोतीमा सरसफाई
नवलपुरको कावासोतीमा रहेको कावासोती परमेश्वर मण्डली कावासोतीका आयोजनामा आज सोमबार कावासोतीमा सरसफाई गरिएको छ ।
कावासोतीको हाटबजार, फलफूल चोकदेखि सभापति चोकसम्म र फलफूल चोक सहिदपार्क देखि मिलन चोकसम्म सरसफाई गरिएको हो ।
कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत, कावासोती २ का वडाध्यक्ष शिवप्रसाद पाण्डे, कावासोती ८ का कार्यवाहक वडाध्यक्ष मनोजकुमार रेश्मी मगर, कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष खेमप्रसाद काफ्ले, स्थानीय बासिन्दा र कावासोती मण्डलीका सदस्य सहितहरुको टोलीले सरसफाई गरेको हो ।
विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तरगत कावासोती बजार क्षेत्रको सरसफाई गरिएको कावासोती परमेश्वर मण्डलीले जनाएको छ ।
त्यसैगरी परमेश्वरको मण्डलीले आज (सोमबार) भरतपुरतर्फको नारायणी नदी किनार सरसफाई गरेको छ । विश्वव्यापी आशा च्यालेन्ज प्लाष्टिक फुट प्रिन्ट मेटाउने अभियान अन्तर्गत नदी किनारमा सरसफाई गरिएको हो । प्लाष्टिकजन्य फोहोर कम गर्नु अभियानको उद्धेश्य हो ।
नारायणी पुलबाट उत्तरतर्फ भएको सरसफाई कार्यक्रममा करिब ३०० जना भन्दा बढी सहभागी थिए । सोमबार करिब पाँच टन फोहोर संकलन भएको आयोजकले बताएको छ ।