सामुदायिक विद्यालयलाई इलाइब्रेरी सुबिधा सहितको कम्प्युटर ल्याव हस्तान्तरण




नवलपुर । रोटरी क्लव अफ पोखरा फिस्टेलले आज नवलपुरको मध्यबिन्दु–१० अरुणखोलामा रहेको जनता आदर्श माध्यमिक विद्यालय, मंगलचौरलाई अत्याधुनिक प्रविधि तथा सफ्टवयेर जडित २० थान कम्प्युटर सहित सुविधा सप्पन्न कम्प्युटर ल्यावको हस्तान्तरण गरेको छ।

क्लबका अध्यक्ष महेश्वर पहारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रम रोटरी डिस्टृक्ट ३२९२ का डिस्टृक्ट गभर्नर इलेक्ट बिनोद कोइरालाको प्रमुख अतिथ्यतामा भएको थियो ।




अनुमानित २० लाख लागतको उक्त ल्याव हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पाण्डे, प्रधानाध्यापक लक्ष्मण बहादुर खत्रीले सहयोगको लागि रोटरीलाई धन्यवाद दिदै, यसको उच्च्तम प्रयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

रोटरीको तर्फबाट बर्ष २०२५/२६ एजी डा. प्रमोद पौडेल, डिस्टृक्ट जोइन्ट सेक्रेटरी डा. रेवन्त भट्टराई, रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत पोखरेल रोटरी र यसले गर्ने सेवामुलक कार्यहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

पमुख अतिथि बिनोद कोइरालाले पहिला जस्तो अक्षरमात्र चिन्नेलाई अवको युगमा साक्षर नमान्ने भएकोले अब साक्षर बन्न कम्प्युटर लगायतका प्रविधिको ज्ञान हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले कम्प्युटर शिककले यसमा समय दिनुपर्ने बताउदै कम्प्युटर मल्टि नेटवर्किङ सिस्टममा आधारित रहेको, इन्साइक्लोपेडिया लगायत कक्षा ६–१० सम्म सम्पूर्ण पाठ्यक्रममा आधारित कोर्षहरु समावेश रहेकाले अब अध्यापन शैली सुधार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको संचालन सोही बिद्यालयका पूर्व विद्यार्थी तथा रोटरी क्लब अफ पोखरा फिस्टेलका सदस्य डा. मोहन भट्टराईले गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका खेलाडि विद्यार्थीहरुलाई आवश्यक जर्सीहरु पनि वितरण गरिएको थियो ।



सम्बन्धित
Loading...